पोखरा, २१ फागुन ।
पोखरामा पत्रकारिता गरिरहेकी गायिका सजना बास्तोला संगित पारखीको लागि एक पछि अर्को स्वरमार्फत अघि बढेकी छिन । यतिखेर उनले ॅसरकार के गरेर खाम’ बोलको गितमार्फत सन्देश दिइरहेकी छिन । सजना र विष्णु खत्रीको स्वरमा रहेको गितले देशमा भएको राजनीतिक वितृष्णाको झल्को दिइएको छ । सरकारले पढेलेखेका युवा पुस्तालाई ऋण दिने भनेपनि बास्ताविकतामा यस्तो हुन नसकेको गितमार्फत सन्देश दिईएको छ । कलाकारिताको क्षेत्रबाट केही गरौं भन्ने जमातलाई उक्साउने काम गितको बोलले गरेको छ ।

पारिवारिकरुपमा कमाउनै पर्छ भन्ने मानसिकतालाई समाजलाई बुझाउने शैलीमा रचना गरिएको गितको शव्द रचना गर्ने विष्णु खत्रीले थप कला भरेका छन ।
‘लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा उनले स्वर दिएकी छन् । बेरोजगारी समस्याले प्रत्येक दिन लगभग २ हजारसम्मको संख्यमा युवाहरु कामको खोजीमा खाडी मुलुकहरुमा जाने गरेका छन् । नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित ५ लाख युवामध्ये झण्डै ४ लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि दबाब नपरिरहेको बेला कलाकार विष्णु खत्री र सजना बास्तोलाको स्वरमा सार्वजनिक भएको सरकार के गरेर खाम ? गीतले प्रश्नहरुको संहार गरेको छ ।

गायक खत्री र भर्सटाइल गायिका सजना बास्तोला ॅसजल’को सुमधुर स्वरले अलौकिक स्वाद भरिएको गितले युवा तथा संगित पारखीको मन जितेको छ । गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई विशेष उठान हुँदै आएको छ । युवराज वाइवाको निर्देशनमा बनेको भिडियोमा निशान एसकेको सिनेमेटोग्राफी छ भने अमृत चापागाईको सम्पादन रहेको छ । प्रसिद्ध संगीतकार आशिष अविरलले एरेन्ज गरेको सरकार के गरेर खाममा संगीत सर्जक स्वयमले भरेको छन् । श्रमजिवी, उत्पिडीत तथा बेरोजगारी जनताको चीत्कार प्रस्तुत गरेको म्युजिक भिडियोमा विनोद न्यौपाने र जुना सुन्दासको फिचरिङ देख्न पाइन्छ ।