पोखरा, १२ फागुन ।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले व्यवस्थापन र कर्मचारी मिलेमात्र संस्थान बन्ने बताएका छन् । जापान सरकार जाइकाको अनुदान तथा नेपाल सरकारको तर्फबाट खानेपानी संस्थानलाई ऋण अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनाको कामको विवरण बुझ्न पोखरा आएका महाप्रबन्धकले उक्त धारणा ब्यक्त गरेका हुन् । करिव ७५ प्रतिशत निर्माण सकिएको आयोजनाको निरीक्षण, अनुगमन तथा निर्देशन दिन आएका महाप्रबन्धकले पोखरा महानगरपालिका, प्रदेश खानेपानी मन्त्रालय, पर्यटन मन्त्रालय लगायत कार्यालयमा भेटघाट समेत गरेका थिए ।

नेपाल खानेपानी संस्थान पोखरा शाखामा भएको स्वागत तथा सम्मान कार्यक्रममा महाप्रबन्धक ईश्वर प्रसादले कर्मचारीलाई अनुशासनमा रहेर कार्यालय प्रमुखले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए । उनले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी गर्ने प्रक्रियामा लैजाने बताए । महाप्रबन्धकको जिम्मेवारी पाएपछि पोखरा आइपुगेका ईश्वर प्रसादले कामचोर तथा हाजिर गरेको भरमा संस्थानको जिम्मेवारी लिएको भए संस्थान छोडनसमेत चेतावनी दिए । व्यवस्थापन, सञ्चालक समिति र कर्मचारी सवैको दायित्व आ-आफ्ना ठाउँमा बराबर भएको भन्दै जिम्मेवारीको भूमिका निभाउन सक्नु पर्नेमा जोड दिए ।

स्वागत गर्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले उपभोक्तालाई सेवा दिने दायित्व संस्थान र कर्मचारीको भएकोले चुस्त, दुरुस्त र प्रभावकारी सेवा दिनु पर्ने धारणा राखेका थिए । नवनियुक्त महाप्रबन्धकको कार्यकालको पूणर् सफलताको कामना गर्दैै प्रमुख कार्कीले संस्थानको शाखा मध्ये ठूलो र उपभोक्ता संख्या धेरै भएकाले शाखालाई थप प्राथमिकतामा राख्न अनुरोध गरे ।

स्वागत कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघको आशन्न ७ औं महाविधेशनका प्रतिनिधि विष्णुप्रसाद रेग्मीले सिंगो संस्थानको अभिभावक ईश्वर प्रसादले सवै कर्मचारीको भावना बुझेर काम गर्नेमा आफु ढुक्क भएको बताए । नेपाल खानेपानी संस्थान कर्मचारी संघका पुवर् इकाइ अध्यक्षसमेत रहेका रर्ग्मले कर्मचारी बढुवा, ग्रेड, अन्य सेवा सुविधाका समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको धारणा राखेका थिए ।

यसैगरी पोखरा शाखा अन्तर्गत विन्ध्यवासिनी इकाई कार्यालयमा कर्मचारीका समस्या लगायत बुझन पुगेका महाप्रबन्धकलाई इकाई कार्यालयले स्वागत गरेको प्रशासन शाखाका सहायक वसन्तराज भण्डारीले जानकारी दिए ।