काठमाडौं, २९ माघ ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले भने, ‘अहिले स्थानीयतहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति घोषणा भैसकेको छ । यो राम्रो कुरा हो । लोकतन्त्रमा निर्वाचन भनेको अनिवार्य कुरा हो, आधार हो । निर्वाचनको मिति घोषणा भएको छ, यो महत्वपूणर् विषय हो । ०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा ३ चरणमा भएको थियो, त्यसमा कुनलाई अन्तिम कार्यकाल मान्ने ? भन्ने कुरा थियो । यो विषय ऐन/कानुनमा लेखिएको थिएन । त्यही भएर छलफल भयो । निर्वाचन नगर्ने वा सार्ने भन्ने कुरा थिएन । मिल्छ भने तीनै तहको निर्वाचन एकै पटक गर्ने भनेर छलफल भएको थियो ।’
क्लब अध्यक्ष ऋष् िाधमलाको अध्यक्षतामा भएको साक्षात्कारमा मन्त्री पौडेलले भने, ॅअहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने छ, उनले थपे, ‘एक वर्षभित्र सबै तहको निर्वाचन गराएर मुलुकमा तीनै तहमा नयाँ सरकार आउँछन्, स्थानीयतहको निर्वाचन एकै चरणमा हुने घोषणा गरेको छ ।
‘माओवादी केन्द्र निर्वाचनमा प्रतिष्पर्धा गर्छ, सहमतिमै अहिलेको गठबन्धन कायम गरेर चुनावमा जाने ५ दलीय गठबन्धनको लक्ष्य र चाहना छ ।’-उनले भने,‘यो सरकारमा रहेका गठबन्धनका शक्तिहरु चुनावमा मिल्नुपर्छ । अहिले निर्वाचनमासँगै जानेबारे गम्भीर छलफल भएको छ । हामीसँगै चुनावमा जान्छौं ।’
मन्त्रीपौडेलले अमेरिकी सहयोग सम्झौताएमसीसीबारे सबै दलमा एक मतको धारणा नभएको बताए । उनले भने, ‘एमसीसीबारे अहिलेसम्म संस्थागत निणर्य गरेर कुनैपनि पार्टीले एकमतबनाएका छैनन् । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्छ । अहिले यो विषयमा छलफल चलिरहेको छ।’
उनले एसर्ईईको परीक्षा तालिका सार्वजनिक गरिसकेको जानकारी दिँदै चुनावलगत्तै प्लस टुको परीक्षा गर्ने बताए । विश्व स्वास्थ्य संगठनले सिफारिश गरेअनुसार ४ वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीलाई छिट्टै खोप लगाउने उनको भनाई छ ।

मन्त्रीपौडेलले उच्चशिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहजहुने बित्तिकै छलफलको लागि पठाउने पनि जनाए ।
शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका कामदेखि करिकुलम व्यवस्थित् गर्ने काम भएको भन्दै मन्त्री पौडेलले नीतिगत काम क्रमशः अघि बढिरहेको बताए ।