काठमाडौं, २८ माघ । नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले एमसीसी सदनबाट पारित गर्नुनपर्ने भन्दै गरेमा देशको कानूनभन्दा माथि हुन जाने तर्क गरे ।
नेपालको संविधान, मुल कानुनहरु संसदका प्रस्तावहरु भन्दा पनि योे सम्झौतामाथ हुने तर्क गर्दै मैनालीले भने,‘नेपालको कानुन भन्दा माथि एमसीसी हुन्छ ।’
एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको बताए । अमेरिकामा एउटा हेडक्वाटरमा तत्कालिन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर गरे ।
अनुदान पाउने कुरा राम्रो भएपनि अमेरिकाको ठुलो स्वार्थ रहेको उनको भनाई थियो । सडक तथा बिद्युतको आयोजना सकिएपछि संरचना कसलाई जिम्मादिने कुरा सम्झौतामा उल्लेख नगरीएको उनले बताए । अमेरिकाले बनाएका संरचनाहरु अमेरिकाको हित बाहिर प्रयोग गर्न नपाइने पनि उल्लेख भएको उनले बताए ।
‘एमसीसीले कुनै पनि योजना र कसैसँग अर्को सम्झौता गरेमा नेपालले पनि त्यसलाई मान्न पर्छ । हात्तिका देखाउने दाँत जस्तै अमेरिकाले नाटक गरिरहेको छ ।’ अमेरिकाले शत्रु देश चीनलाई अप्ठ्यारो पार्न खोजेको उनले आरोप लगाए ।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले एमसीसीको विषयमा पछिल्लो समयमा ज्यादै विवाद भइरहेको बताए । एमसीसीबाट आउने नेपाललाई ५ सय मिलियन अमेरिकन डलरले आर्थिक विकासमा भ्रम फैलाइएको जस्तो उत्पात्तै नहुने बताए ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीले एमसीसी सम्झौता पारित भएमा नेपाल अब रहेपनि नेपालीपन नरहने बताए । उनले भने,‘नेपालमा बस्ने नागरिकहरुको अस्तित्व मेटिएमा पद्धती पनि मेटिनेछ । सार्वभौम सत्ता नेपालीहरु अब विदेशीको गुलाम हुनेछन् ।’
अधिवक्ता पृथ्वीनारायण राईले अहिलेको नेतृत्वको कारण नेपाल झन्-झन् उधोगतिमा गइरहेको बताए । नेपालमा एनजिओ-आइएनजिओहरुले नेपाललाई खोक्रो बनाइरहेको उनको भनाई थियो ।
पिपुल्स पार्टीको अध्यक्ष दिनेश खनालले एमसीसी सम्झौता नेपालीको लागि नआएको बताए । उनले भने,‘यो सम्झौता बाहिर एउटा देखाएपनि भित्रै अर्कै रणनीति भएको छ ।’ एमसीसी अमेरिकाले एशियाका देशहरुलाई दबाबमा राख्न खोलिएको संस्था भएको उनको भनाई थियो ।
वरिष्ठ अधिवक्ता त्रिलोक बहादुर चन्दले अमेरिकाले सारा विश्वमा हैकमवाद चलाउन एमसीसी ल्याएको आरोप लगाए । नेपाली कांग्रेस, माओवादी केन्द्र, वामपन्थी दलहरु अमेरिकाको पुजारी भएको बताए । उनले भने,‘ प्रचण्डले कथित जनयुद्ध, धनयुद्ध गरेर गरेको बहुदल सकाएर नेपालमा गणतन्त्रको विष गाडेको हुन् ।’
कार्यक्रममा विश्वभक्त बाबाले नेपालमा एमसीसी सम्झौता पारित गर्नेहरुलाई विषको संज्ञा दिए । एमसीसी राष्ट्रघाती भएको भन्दै सम्झौता पास गर्न दबाब दिने अमेरिकन एम्बेसीलाई नेपालबाट हटाउन पर्ने दिन आएको सुनाए ।
बाबाले अमेरिकाबाट एमसीसीको माध्यमबाट सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले करोडौ डलर कमाएको आरोप लगाए । स्थानीय चुनाव गरेर यी राजनीतिक दलहरुलाई महान नेता बनाउनु आवश्यक नभएको भन्दै नेताहरु नभई गुण्डाहरु भएको आरोप समेत उनले लगाए ।