पोखरा, २८ माघ ।
गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशका अस्पतालमा बायोमेडिकल इन्जीनियरको ब्यबस्था गर्ने भएको छ ।
मन्त्रालयले स्वास्थ्य नीति जारी गर्दै कार्यान्वयनमा लैजाने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले अस्पताल र अस्पतालका उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन नसक्ने अवस्थाको अन्त्य गर्न नयाँ कदम चालेको बताइन ।
पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्दै मन्त्री अधिकारीले गुणस्तरीय सेवाका लागि भएका उपकरणहरु सहि अबस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्ति आबस्यक भएको बताइन ।
कार्यक्रममा मन्त्रालयका सचिव श्रीराम तिवारीले आजको अबस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन बढी रहेको बताए । तालिम उदघाटनमा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने ब्यबस्था आम नागरिकका लागि महत्व पुणर् र्निणय भएको बताए ।