पोखरा, २७ माघ ।
पछिल्लो समय हराउँदै गएको नेपाली मौलिक संस्कृति भजन संस्कृतिको जगेर्नामा पोखरा ११ स्थित फूलबारी क्लबले सक्रियता देखाएको छ ।
फूलवारी क्लब पोखरा ११ ले लोप हुदै गएको मौलिक भजन संस्कृति जगेर्ना गर्ने र युवालाई यस क्रियाकलापमा आकर्षण गराउने उद्देश्य लिएको जनाएको छ ।
स्थानीय सिद्वेश्वर महादेव मन्दिर फूलबारी परिसरमा १५ दिने खुला भजन प्रशिक्षण समेत सुरु भएको छ ।
प्रशिक्षण उद्घाटन गर्दै वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले खैजडी बजाउँदै सहभागीलाई उत्साहित भएर सीप सिक्न अनुरोध गरे । उनले क्लबलाई ३ थान खैजडी, ३ थान मुजुरा र १ थान मृदंगना सहयोग हस्तान्तरण गरे ।
क्लबका सचिव जनार्दन बास्तोलाले संचालन गरेको सभामा क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाले क्लबले स्थानीय क्षेत्रमा यस्ता रचनात्मक काम गरिरहने बताए । क्लब उपाध्यक्ष मनोज बास्तोलाले स्वागत गरेको सभामा सिद्वेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज आचार्यले बोलेका थिए ।
१५ दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा विश्वराज बास्तोला, हरिप्रसाद बास्तोला, सन्जय किशोर बास्तोला र दिपक पौडेलले प्रशिक्षण दिने क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए ।