काठमाडौं १८ माघ । नेपाल सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । विदा दिने जानकारी मन्त्रालयले  गराएकाे हाे ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको छ ।