पोखरा, १६ माघ । पोखरा ११ स्थित फूलबारी क्लबले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । विगत वर्षमा जस्तै सहिद दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले क्लबका पुर्व अध्यक्ष हरिश्चन्द्र बास्तोलालाई ब्लड व्याग हस्तान्तरण गर्दै सुभारम्भ गरेका थिए । ब्लड ब्याग हस्तान्तरण गर्दै वडाध्यक्ष बास्तोलाले सहिदको सम्झनामा क्लबको अभियान स्मरण योग्य भएको उल्लेख गरे । सहिदको सपना पुरा गर्न हामी जस्तै जनप्रतिनिधिले जनताको काम दिनरात नभनी गरिरहनु पर्ने बताए ।

कार्यक्रममा नि वर्तमान अध्यक्ष हरिप्रसाद बास्तोलाले कार्यक्रम माथि प्रकाश पार्दै सफलताको शुभकामना दिए । कार्यक्रममा ७१ युनिट रगत संकलन भएको थिायो । रक्तदातालाई प्रमाणपत्र र मायाको चिनो स्वरुप क्लबको लोगो अंकित टिर्सट प्रदान गरिएको क्लबका सचिव एवं कार्यक्रम संचालक जनार्दन बास्तोलाले जानकारी दिए ।

फूलवारी क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक मनोज बास्तोलाले स्वागत गरेका थिए । क्लबले विभिन्न रचनात्मक तथा समाजसेवा मुलक कार्यक्रम गर्दै आएको छ ।