पोखरा, ११ माघ ।
अन्नपूर्ण गाउँपालिका ८ मोहरियास्थित उमा माविलाई ५१ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग भएको छ । अन्नपूर्ण ८ दाङसिंङका स्थानीय समाजसेवी किरण गुरुङले उक्त रकम सहयोग गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङलाई रकम हस्तान्तरण सभामा वडा नं ८ का वडाध्यक्ष विजय गुरुङले यस्तो सहयोगले विद्यालयलाई ठूलो टेवा पुग्ने बताए । चन्दादाता किरण गुरुङले विद्याको मन्दिररुपी उमा माविलाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय भएको बताए ।
विगतमा म्युजिकका सामग्री सहयोग गरेका किरणले सहयोगलाई निरन्तरता दिने बताए । विद्यालयका सहायक प्रधानाध्यापक रमेश क्षत्रीले सञ्चालन गरेका सभामा विद्यालयका शिक्षक टीकाराम आचार्यले स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयको भौतिक संरचना निर्माणार्थ जग्गा दाता एवं नेपाली कांग्रेसका नेता मजोज गुरुङले सहयोग दातालाई धन्यवाद दिँदै विद्यालयको चौतर्फी विकासमा आफुले ध्यान दिने बताए ।
अध्यक्ष मनोज गुरुङले विद्यार्थी र विद्यालयको चौतर्फी हित गर्र्दै उमा माविलाई नमुना स्कुल बनाउन सवै शिक्षक, कर्मचारी र विद्यार्थीलाई मिहेनत गर्न अनुरोध समेत गरेको शिक्षक भोजराज चापागाँइले जानकारी दिए ।