पोखरा, २१ पुस ।
फूलबारी क्लब पोखरा ११ ले न्यानो कपडा वितरण गरेको छ । क्लबले काँहु आधारभूत विद्यालय, कालिका मावि काँहु र शिवशक्ति मावि फूलबारीमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । विद्यालयमै पुगेर विभिन्न ६० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सहसचिव एवं कार्यक्रम संयोजक युवराज बास्तोलाले कार्यक्रमको प्रकाश पारेका थिए ।
क्लबका सचिव जनार्दन बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा काँहु आधारभूत विद्यालयका प्रधानाध्यापक सुरज क्षेत्री, कालिका माविका प्रधानाध्यापक निर्मला मानन्धर, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोला, क्लबका निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, पूर्व अध्यक्ष हरिश्चन्द्र बास्तोला लगायतले बोलेका थिए । क्लबले ६० थान स्विटर उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गरेको हो ।
उक्त अवसरमा फूलबारी क्लबका आजिवन सदस्य वसन्तराज वास्तोला र सुजन बास्तोलाले ५÷५ थान स्विटर क्लबलाई सहयोग गरेका थिए ।