काठमाडौं, १६ पुस । रिपोर्टर्स क्लब नेपाल एवम् प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलाले अहिलेको पुस्ता कुरा भन्दापनि काम गर्ने अाबहश्यक परेकाले सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । उनले देश अहिले नेताविहीन भएको पनि टिप्पणी गरे । उनले भने,“यो देशमा करोडौं नेपाली जनताले वाहवाह भन्ने खालका नेता जन्मिएनन्, नेपालले किन विकास गर्न सकेन रु किन प्रगति गर्न सकेन रु किनकी यो देशमा साझा नेता जन्मिएन, त्यसैले आज हामी विकासको यात्रामा अघि बढ्न सकेनौं ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धमलाले यस्तो बताएका हुन् । उनले देशमा विद्यमान सबै राजनीतिक दलहरुको महाधिवेशन भैरहेको र कतिपयको सम्पन्न भैसकेको उल्लेख गर्दै तर नेतृत्वमा भने पूरानै अनुहार देखिएको पनि सुनाए । उनले भने,“जनताको चाहना छ, युवा, उर्जाशील र क्षमतावान युवा नेता नेतृत्वमा आउन् भन्ने छ, तर नेतृत्वमा पार्टीका पूरानै अनुहार नेतृत्वमा आएका छन् ।

यो देशलाई भ्रष्टाचारमुक्त बनाउने नेता चाहिएको छ । नेपाली जनताको लागि मरिहत्ते गर्ने नेता चाहिएको छ । देश बनाउने नेता चाहिएको छ । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालको हातबाट धमलालाई सम्मान गरिएको थियो । धमलालाइ अनुजा मिडिया हाउसले सम्मान गरेकाे हाे ।