काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएकाे छ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको थियो । तर, बन्दसत्र एक घण्टा ढिलोगरि सुरु भएको हाे। अहिले बन्दसत्रको हलमा अध्यक्ष पुष्पकमल दाहाल प्रवेश गरिसकेका छन् ।

अध्यक्ष  प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।