पाेखरा, ४ पुस ।
नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चको अध्यक्षमा शेरबहादुर अधिकारी निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
हाेटल ब्यावसायीअधिकारी यस अघिको कार्य समितिमा उपाध्यक्षको भूमिकामा थिए । यसैगरी मञ्चको तीन उपाध्यक्षमा अर्जुन खतिवडा, सरस्वती श्रेष्ठ सरु र योगप्रसाद सापकोटा नवराज चयन भएका छन् । यस्तै, सचिवमा सरोज कुँवर, उपसचिवमा रामप्रसाद दुवाडी र विष्णुमाया श्रेष्ठ छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा रामप्रसाद नेपाल, गणेश गिरी, मनिष सिलवाल, शान्ति मगर, सीता कोइराला, सरिता आले, सुभाष कंडेल, नीरमाया तामाङ, वेनबहादुर तामाङ, शम्भुप्रसाद न्यौपाने, मनोज अधिकारी, सञ्जु अधिकारी, सरोज श्रेष्ठ, कमल सापकोटा, करिकृष्ण श्रेष्ठ, इलिना भण्डारी, दिनेश तुलाधर, नानीराम कोइराला, युवराज इटनी र सर्मिला तामाङ छन् ।
यसअधि अधिवेशन उद्घाटन गर्दै पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले एमाले देशकै ठूलो र जनप्रिय पार्टी भएको बताए । उनले अहिले सरकारमा रहेको गठवन्धन धेरै नटिक्ने दावी गर्दै ठूलो पार्टी एमालेलाई एक्ल्याएर मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे । कार्यक्रममा एमाले धादिङका सहइन्चार्ज जानुका सिंखडाले मुलुकको समृद्धि र विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने दावी गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क समितिका निवर्तमान सभापति केदार धमला, माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक ईश्वरकुमार श्रेष्ठ, मञ्चका पूर्वअध्यक्षहरु वेनी पाठक, कृष्णबहादुर लम्साल लगायतले बोलेका थिए । मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन खतिवडा र सञ्चालन सचिव योगप्रसाद सापकोटा नवराजले गरेका थिए ।