पोखरा, २१ मंसिर ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सल्लाहकार टेकनाथ पन्थीको ६२ वर्षको उमेरमा निधन भएको छ । मनिपाल शिक्षण अस्पतालमा उपचारारत पन्थी प्यारालाईसिस विरामी थिए । उनको मंगलबार लेखनाथ मजुवाघाटमा अन्त्यष्टी गरिएको छ । कांग्रेस पार्टीमा सक्रिय पन्थी शक्ति ग्यास कम्पनी हुँदै कारखाना श्रमिक संघबाट नेपाल ट्रेड युनियन कांग्रेसमा प्रवेश गरेका थिए । मजदुरका पक्षमा विभिन्न हास्य प्रहशनसमेत दिएर नेताहरुलाई खवरदारी गर्ने क्षमता राख्ने पन्थी अत्यन्त सरल, मिजाशिला थिए ।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछानेले पार्टीको ४ तारे झण्डा ओढाएर श्रद्धान्जली ब्यक्त गरेका थिए । उनको शरीरमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस केन्दीय सदस्य जीतबहादुर गुरुङ, कास्कीका अध्यक्ष विजयराज भण्डारी, कारखान श्रमिक संघका उपमहासचिव केशवराज भट्टराई र नेपाल यातायात मजदुर संङ ग०डकी अध्यक्ष किरणाबाबु पन्त लगायतले ट्रेड युनियनको झण्डा ओढाएर समवेदना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस पोखरा ३२ का पुर्व सभापतिको जिम्मेवारी पुरा गरेका पन्थी अनौपचारिक बालशिक्षा कार्यक्रममा ठुलो योगदान दिँदै आएका थिए । मजदुरका छोराछोरीलाई प्रभावकारी शिक्षा उपलब्ध गराउन लागी पर्दै आएका पन्थीको निधनमा नेपाली कांग्रेस कास्कीका नवनिर्वाचित सचिव भानु ढकालले गहिरो दुःख व्यक्त गरेका छन ।