काठमाडौं, १९ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राजेन्द्र लिङ्देनको नेतृत्वले सपथ खाएकाे छ । राप्नपामा याँ कार्यसमिति चयन भएकाे हाे । कार्यसमितिको उपाध्यक्षमा चितवनका विक्रम पाण्डे, धादिड.का बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन् ।

महामन्त्रीमा धवलशमशेर राणा, भुवन पाठक र कुन्तिकुमारी शाही निर्वाचित भएका छन् । पार्टीमा १ सय ९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भए पनि १ सय ४९ पदका लागि निर्वाचन भएको थियो । अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् । ४ उपाध्यक्ष, ३ महामन्त्री, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष, ७ सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गरेका छन । उनले २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाे बताए । उनले विकास र समृद्धि कायम हुन नसकेकोमा चिन्ता गदैर् देश र जनताकाे पक्षमा अापफूले काम गनेर् समेत बताए ।

उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने बताए । उनले पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।