पोखरा, १९ मंसिर ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक गण्डकी पदेश समितिको १० औं अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष प्रकाश क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रम उदघाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले बैंकमा कार्यरत कर्मचारीको एकतालेमात्र सेवाग्राहीलाई उचित सेवा दिन सक्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रादेशिक प्रबन्धक प्रमोद अधिकारी, शाखा कार्यालय पार्दीका शाखा प्रबन्धक संजिव सुवेदी, शंकर भारतीले स्वागत गरेका थिए ।
प्रकाश क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । संघको उपाध्यक्षमा गोपाल पराजुली, सचिवमा कृष्णप्रसाद बुढा, सहसचिवमा गोपिनाथ पोखरेल र कोषाध्यक्षमा अमृता राजभाट चयन भएको निर्वाचन समितिले जनाएको छ । संघको सदस्यमा विना पौडेल, खडग सिंजाली, निशान चौधरी, रेनु गंगजु र प्रिन्स भण्डारी चयन भएका छन ।
संघको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सूर्यरमण पराजुली, कृष्णप्रसाद सुवेदी, संजिव क्षेत्री, विना पौडेल र गोपाल पराजुली सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष प्रकाश क्षेत्रीले जानकारी दिए । पोखरा लगायत अन्य जिल्लाबाट सहभागि गण्डकी प्रदेशका प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेको हो ।