पोखरा, १५ मंसिर ।

नेपाली कांग्रेस बाग्मती प्रदेश समितिको निर्वाचनमा युवा नेता मोहन पण्डितले उम्मेदवारी घोषणा गरेका छन । चुनावी मैदानमा होमिएका पण्डित नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका हुन । लामो समय विद्यार्थी राजनीतिमा रहेका पण्डित पार्टीको राजनीतिबाट सेवा गर्ने उद्देश्यले धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश सदस्यमा उम्मेदवारी दिएका हुन ।

देशमा भएको ठुला ठुला आन्दोलनमा अग्रभागमा रहेर संघर्ष गरेको पण्डित पटक पटकको जेलजीवन विताएका छन । पार्टी हित र संगठन बलियो बनाउन खटदै आएका पण्डित दक्षिण कोरियामा रहँदासमेत कांग्रेस निकट संगठनका जिम्मेवारी सम्हाली सकेका छन । भलादमी, असल छवि, मन जितेर काम गर्नु पर्छ भन्ने मान्यता राख्ने पण्डितले बाग्मती प्रदेशका प्रतिनिधिलाई मन मिलेजस्तै मत दिनसमेत आग्रह गरेका छन । पृथ्वीनारायण क्याम्पस पोखराका पुर्व कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका पण्डित नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका सल्लाहकारसमेत हुन । गजुरी धादिङमा जन्मेका पण्डित स्थानीय विद्यालय, क्लब, समाजसेवामा केन्द्रित विभिन्न समुहमा क्रियाशील छन ।