पोखरा, १४ मंसिर ।

आगामी मंसिर १७ गतेदेखि १९ गतेसम्म हुने नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको निर्वाचनमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा चुनावी मैदानमा होमिएका छन ।

नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शर्मा नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य पदमा उम्मेद्वारी दिएका हुन । ट्रेड युनियन आन्दोलनमा लामो समय योगदान दिएका मुरारी शर्मा भलादमी, असल छविका मानिन्छन ।

नेपाली कांग्रेसलाई किसानको पार्टी र श्रमिकको साथी बनाउन पहल गर्दै आएका शर्माले गण्डकी प्रदेश प्रतिनिधिलाई मन मिलेजस्तै मत दिनसमेत आग्रह गरेका छन ।
पेशागत हकहित र कांग्रेस बलियो बनाउन लाग्दै आएका शर्माले सदस्य पदमा उम्मेदवारी घोषणा गरेसँगै गण्डकी प्रदेशका मतदातासँग जोडिएका छन ।
असल कर्मले, निःश्वार्थ समाजसेवाले काँग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाएर राष्ट्र, राष्ट्रियता र नागरिकको हितमा लाग्न नै आफ्नो उम्मेदवारी रहेको शर्माको भनाई छ ।