पाेखरा

माया र प्रेमले मानिसलाइ बाँधेकाे हुँन्छ । जीवनकाेलागि मात्र नभनी जुनी जुनीमात्र नभनी सात जुनीसम्मको हुन्छ । माया प्रेमले जीवन परिवर्तन गरेको धेरै नै उदाहरणहरू छन् । कसैको जीवनमा मायाले सुन्दर भूमिका खेलेको हुन्छ भने कसैलाई त्यही माया तितो यथार्थ बन्न पुग्छ ।

Bidh lab

यदी तपाई कसैसँग माया प्रेममा हुनुहुन्छ भने तपाईका धेरै व्यवहारले सम्बन्धलाई कति समयसम्म टिकाइराख्ने भन्ने निर्क्याैल गर्छ । हाम्रो कतिपय बानी व्यवहारकै कारण प्रेम र सम्बन्धको अन्त्य भइरहेको हुन्छ। सानो भन्दा सानो कुरालाई नजरअन्दाज गर्दा राम्रोसँग चलिरहेको प्रेम सम्बन्धमा पूर्णविराम समेत लाग्न सक्छ ।

कतिपय यस्ता व्यवहार छन् जसले तपाईको सम्बन्धमा फाटो आउन सक्छ।

शंका गर्नु 
नेपालीमा एउटा उखान छ ‘शंकाले लंका जलाउँछ’। हो, प्रेम सम्बन्धमा पनि शंकाले तपाईको मायालाई जलाउन सक्छ। कतिपयको बानी आफ्नो साथीमाथि शंका गरिरहने हुन्छ। सामान्य विषयमा पनि शंका गरिरहने बानीले तपाईको साथी आजित भइरहेको पनि हुनसक्छ । जुनसुकै सम्बन्धलाई टिकाइराख्न भरोसा र विश्वासले ठूलो भूमिका खेलको हुन्छ। यदी तपाईको सम्बन्ध सधैँको लागि होस् भन्ने चाहनु हुन्छ भने एक अर्कामा विश्वास र भरोसा गर्नु अनिवार्य हुन्छ ।

झुट बोल्नु
कुनैपनि सम्बन्धमा झुट हावी भयो भने त्यो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन। भनिन्छ नि झुटबाट शुरु भएको सम्बन्धको आयु अत्यन्तै छोटो हुन्छ । यदी तपाई पनि आफ्नो साथीसँग झुट बोल्नुहुन्छ भने ख्याल गर्नुहोस् कतै तपाईको झुटले सम्बन्धलाई नै अन्त्यतिर लैजाँदै त छैन । कोही पनि आफ्नो साथीले आफूसँग झुट बोलेको मन पराउँदैनन्। सबैजनाले तपाईको झुटलाई माफी दिन्छन् भन्ने हुँदैन । कसैकसैलाई तपाईले बोलेको सानो झुट ठूलो लाग्न सक्छ । त्यसैले सम्बन्ध सुमधुर होस भन्ने चाहनु हुन्छ भने आफ्नो साथीसँग झुट नबोल्नु नै उत्तम उपाय हुन्छ ।

नशा सेवन गर्नु
यदी तपाईमा मादक पदार्थ सेवन गर्ने बानी छ भने त्यसले पनि सम्बन्ध बिगार्न सक्छ। तपाई कुनै पनि नशालु पदार्थ सेवन गर्नुहुन्छ भने त्यसले जिन्दगी मात्र होइन सम्बन्धलाई नि अन्त्यतिर लैजान सक्छ।

नशामा धूत मानिसले सही–गलत राम्रोसँग छुट्याउन नसक्ने हुँदा कसलाई के व्यवहार गर्ने भन्ने कुरा नै भुल्छ। प्राय मानिसहरू नशामा धूत हुँदा आफ्नो साथीले के चाहन्छ के आवश्यकता छ भन्ने कुरालाई नजरअन्दाज गर्दै आफ्नै मर्जी लाद्न खोज्छन् । यसले गर्दा साथीमा तपाईप्रतिको सम्मान विस्तारै घट्दै जान्छ। अन्त्यमा तपाईको व्यवहारले आजित भएर साथीले अलग बाटो रोज्न बाध्य समेत हुन्छन् ।