पोखरा, ३० कात्तिक ।
नेपाली काँग्रेस पार्टीको आन्तरिक चुनावमा तीव्रता देखिएको छ । विभिन्न उमेर समुहका आकांक्षीहरुले आआफ्नो तरिकाबाट चुनाव प्रचार प्रसार गरिरहेका छन् । आफ्नो पक्षमा मत दिन कार्यकर्तासँग अनुरोध गर्दै नेतृत्व चाहना गर्नेहरुको संख्या विभिन्न कार्यक्रममा बढन थालेको छ ।
नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा (ख) मा सचिव पदमा उम्मेदवार दिएका ठाकुर बराल विभिन्न तरिकाबाट उम्मेदवारी बारे प्रचार गरिरहेका छन् ।
नेपाल विद्यार्थी संघ शुक्रराज माविबाट २०६० मा सभापती हुँदै राजनीति सुरु गरेका ठाकुर नेपाल विद्यार्थी संघ जनप्रिय क्याम्पस पोखराका सचिव पदको जिम्मेवारीसमेत सम्हालेका थिए ।
स्पस्ट बोल्ने, पार्टीमा नराम्रो एजेन्डा आए खरोरुपमा प्रस्तुत हुने शैली भएका ठाकुर बरालले क्षेत्र नं ३ प्रदेश (ख) मा सचिव पदमा उम्मेदवार दिएसँगै राजनीतिक भेटघाट तथा युवाले नेतृत्व पाउँदा हुन सक्ने कामको बारेमा उल्लेख गर्दै हिडेका छन् । व्यावसायमा जोडिएका बराल युवा पुस्ताले नेतृत्व सम्हाल्दा पार्टीको हित हुने धारणा राख्छन ।