पोखरा, २२ कात्तिक ।
देशभर छट पर्व मनाउन सुरु गरिएको छ । व्रतालुले आजबाट पोखरा लगायत देशभरमा छट पर्व मनाउन सुरु गरेका हुन । पोखराको केदारेश्वर मन्दिर क्षेत्रमा विशेष नाईहरुको सम्लग्नतामा छट पर्व मनाइन्छ । यता मिथिला क्षेत्रमा छठ पर्वको रौनक भिन्दै छाएको छ । सूर्य उपासनाको पर्व छठका तयारीमा मिथिला क्षेत्रका व्रतालुहरु परिचालित भएका छन ।
कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा (अरबाइन’ भनिने विधि सुरु गरेका हुन् ।
गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै मनाउनुपरेको छट पर्व यस पटक भने विगतमा जस्तै मनाउने तयारी गरिएको हो । मिथिलाका धार्मिक महत्वका नदी र तलाउ क्षेत्र सिङ्गारिएका पाइन्छन ।
निष्ठा र श्रद्धा, आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने पर्वका पूजा प्रसाद सामग्री, मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने चलन छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्कोसहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन् ।
आइतबारबाट सुरु हुने पर्व बुधबारसम्म मनाइन्छ । घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिने पर्वमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डोली हातमा उठाएर सूर्यलाई देखाउँदै सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।