पोखरा चर्चित लोकदोहोरी गायिका सरस्वती लामिछाने र सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीको नयाँ गीत सार्वजनिक भएको छ ।

पोखरालाई कर्मथलो बनाउँदै आएकी चर्चित लोकदोहोरी गायिका लामिछाने र सञ्चारकर्मी अखेलीको ‘ढाँचा पा¥यो नभने’ बोलको भिडियोसहितको गीत सार्वजनिक भएको हो।

यसअघि लामिछाने र अखेलीले गाएको ‘भिर्नी झोला’मा बोलको गीत हिट भएको थियो ।
अहिले सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन्। निर्देशक क्षेत्री र प्रियंका आचार्य ‘मुन्नी’को अभिनय रहेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्।

गीतको म्युजिक भिडियो गायिका लामिछानेकै आधिकारिक युट्युव च्यानल सरस्वती लामिछानेबाट सार्वजनिक भएको हो।
प्रेमी–प्रेमिकाको रुपको तारिफका केन्द्रित गीतको म्युजिक भिडियोमा पोखरा र पर्वतका सुन्दर दृश्यहरु समावेश गरिएको छ।

निकै मेहनत गरेर गीत र भिडियो निर्माण गरेर बनाइएकाले सफल हुन्छ भन्ने विश्वास रहेको गायिका लामिछानेले बताइन्।

गायिका लामिछानेका यसअघि ‘भिर्नी झोलामा’, ‘आमउने जाने बसैको भाडा तिरम्ला’, ‘ओबामाको देश’, ‘चढ्यो चढ्यो जवानी’, ‘मुन्छे झिल्के झिल्के’ लगायतका दुई दर्जनबढी गीत सार्वजनिक भइसकेका छन्।