केदार धमला/पोखरा
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले गण्डकी प्रदेशको गौरवको योजनाअन्र्तगत पर्ने पुम्दीकोटको बिशालमहादेवको मुर्तिसम्मजाने सडक स्तरोन्नति गरी कालोपत्रे गरिने बताएका छन ।
पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालयदेखि विशाल महादेवको मुर्ति स्थलसम्म जाने बाटो तत्कालमर्मत सम्भार गर्न आफू क्रियाशील भएर लाग्ने बताए ।
पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना गरेको नेपालीहरुको महान चार्ड पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई तथा सम्मानकार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त धारणा सार्वजपनिक गरेक हुन३ ।
गण्डकीको राजधानी पोखरामै रहेको विशाल महादेवको मुर्ति प्रदेशको गौरव भएको उनको भनाईं थियो ।
मन्त्री बरालको पहलमा छोरेपाटन देखि शान्ति स्तुपाः सम्महालपिच सडक निर्माण भएको छ भने शान्ति स्तुपाहुदै लुकुश्वाँरा, कालाबाङ घरेडी, काबे्र, उल्लेरी ढाडा हुदै कुभिण्डेसम्म सडक निर्माण गर्ने आफ्नो लक्ष्य रहेकोसमेत बताए ।

सभामा काँग्रेस नेता एवं शिक्षासेवी खेमराज पौडेलले चुनौती सामना गरेर पार्टी प्रति बफादार भई पार्टीको विचारमा अडिक रहँदै निरन्तर लागेका कारण आज आफ्नै गाँउलेलाई मन्त्रीको रुपमा स्वागत तथा सम्मान गर्न पाउदा निकै खुसि लागेको बताए । मन्त्रीको पहलमापुम्दीकोट टावर स्थापनाले पुम्दीकोट बिशालमहादेव मुर्ति स्थापनागर्नुको जस मन्त्रीलाई नै जाने उनको भनाई थियो । कार्यक्रममा पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेल, ढलेपिपल टोल विकास संस्थाका अध्यक्ष नवराज बराल, माओवादी केन्द्र पोखरा २२ का अध्यक्ष चण्डकीका प्रसाद बराल, पुम्दीकोट युवा क्लवका सहसचिव पवन बि.क., पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष नरहरि बराल, सचिव राजु बराल लगायतले बोलेका थिए ।