केदार धमला
काठमाडौं, ३ कात्तिक ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको एक सय दिन पुगेको छ । देउवाले सरकार सम्हालेदेखि विकास, शान्ति र सुव्यवस्थासँगै सुशासन कायममा ध्यान दिएको देखिन्छ ।
सरकारले गरेको कार्यमध्ये कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सकारात्मक देखिएको छ । देउवा सरकारले प्रमुख प्राथमिकतामा राखेर कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार गरेपछि नियन्त्रणको अवस्थामा पुगेको छ । १ सय दिन भित्र एकै एकै दिनमा ३ लाख मात्रासम्म खोप लगाउने कार्य अनुकरणिय तथा सफलताको मापन गर्न सकिन्छ ।

नेपाल सरकारले १८ वर्षभन्दा कम उमेर समुहका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।
१ करोड ५० लाख खोप व्यवस्थापन गर्न सफल वर्तमान सरकारले लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूणर् खोप लगाउन सफल भएको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगीलाई राहत, प्रभावकारी रुपमा कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूणर् काम गरेको हो । चीनले नेपाललाई अनुदानस्वरुप कोरोनाविरुद्धको २० लाख डोज खोप दिने प्रतिबद्धता सार्वजनिक गरसँगै नेपाली नागरिकलाई सहज खोपको व्यवस्था भएको मान्न सकिन्छ ।
सरकारले चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व संलनमा वृद्धि, विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा लगायतको कामले सन्तोषजनक मान्न सकिने बताइन्छ ।
वर्तमान सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अतिविपन्न परिवारलाई १० हजारका दरले राहत, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख दिने घोषणाले सरकार सफल भएको लिन सकिन्छ ।
सरकारले राहत तथा पुनः निर्माणमा गरेको काम, सीमित स्रोत, साधन र जनशक्तिले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार लगायतका कार्यक्रम र राष्ट्रिय गौरवका योजनाको कार्यान्वयन चरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति महत्वपूणर् कार्यक्रम मान्न सकिन्छ ।
आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाको उपचार व्यवस्था, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने योजना अघि बढेको छ । सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने कार्यक्रमले कोभिड सङ्कटले थला परेका बेला अर्थतन्त्रले सन्तोषको सास फेर्ने वातावरण सिर्जना भएको छ । कोरोनाबाट प्रभावित पेसा/व्यवसाय र सर्वसाधारणका लागि कार्यक्रमअनुसार बजेट विनियोजन भइसकेको छ ।
सरकारले सन्तुलित र सफल परराष्ट्र नीतिमा देखाएको कदम अधिल्लो सरकार भन्दा फरक रहेको मान्न सकिन्छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वको नेपाली कांग्रेसको टोलीले भारतको भ्रमण गरेको विषयलाई पनि महत्वपुणर्रुपमा लिन सकिन्छ ।