पोखरा, १ कात्तिक ।
पोखरा महानगरपालिका वडा नं. १४ देउराली टोलमा रहेको देराली मन्दिर संरक्षण समिति र बाराही मन्दिर संरक्षण समिति बीच एकिकरण भएको छ । संयुक्त भेलाले एकिकरण पछि संरक्षण समितिको नाउँ “देवी देउराली–बाराही मन्दिर संरक्षण समिति” राख्ने निर्णय गरेको छ ।
भेलाले देवी देउराली–बाराही मन्दिर संरक्षण समितिको नयाँ नेतृत्व समेत चयन गरेको छ । समितिको अध्यक्षमा तारा कार्की, उपाध्यक्षद्वयमा तिलकराम लम्साल, बालाराम बराल, सचिवमा रामजी जि.सी., कोषाध्यक्षमा विष्णुप्रसाद पोखरेल र सह सचिवमा देवी कार्की रहेका छन् । साथै सदस्यहरुमा रामचन्द्र के.सी., धु्रवबहादुर कार्की, बुद्धीबहादुर थापा, दुर्गा पोखरेल र लोकनाथ बराल चयन भएका छन् ।
देवी देउराली–बाराही मन्दिर संरक्षण समितिको संरक्षकमा चन्द्र कुमारी कार्की रहनु भएको छ भने सल्लाहकारहरुमा कृष्ण बहादुर कार्की,जे.वी. कुँवर, बोधराज कार्की, गोकर्ण कार्की, ललित बहादुर बानियाँ, रोम बहादुर कार्की, चिरन्जीवी बराल, शिवप्रसाद पोखरेल, नारायणप्रसाद पोखरेल, भुपध्वज पोखरेल, मोती बहादुर बानियाँ, नारायणप्रसाद भण्डारी, उद्धव बहादुर कार्की, माधव प्रसाद पोखरेल, सरिता कार्की, शुशिला कार्की र कमल बहादुर कार्की छन् ।
बाराही मन्दिर संरक्षण समितिकी अध्यक्ष तारा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामजी जि.सी.ले गरेका थिए । भेलाले देवी देउराली–बाराही मन्दिर संरक्षण समितिको पदावधि ३ वर्ष रहने निर्णय गर्दै विजया दशमी २०७८ को पूर्णिमाको दिन बाराही मन्दिरमा पूजापाठ गर्ने निर्णय समेत गरेको छ ।