काठमाडौं, १ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बन्दीको रिहाइ, नागरिकताका लागि संविधान संशोधनलगायत माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका छन् ।

हाम्रा माग पूरा गरेन भने समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं ।” तराई मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा लोसपा कमजोर नभएको पनि उनले बताए । उनले भने, “चाडबाडका कारण पार्टी गतिविधि रोकिएका छन् । हामी पहिले जस्तो थियौं, अहिले पनि त्यस्तै छौं । हामी कमजोर भएका छैनौं ।” नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेता कर्णले आन्दोलनमा जाने बताएका छन् ।