पोखरा ।
गण्डकी प्रदेशका विना विभागीय मन्त्री दोबाटे विश्वकर्माले आफूलाई मन्त्री बनाउनको लागि सिंगो नेपाली कांग्रेसको हात रहेको स्पष्ट पारेका छन् । विकले आफू मन्त्री बन्नमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको ठूलो हात रहेको सुनाए ।
उनले अहिले आफू विनाविभागीय मन्त्री बन्दापनि खुशी रहेको बताउँदै पार्टी र जनताको हितमा क्रियाशील भएर लाग्ने बताए । उनले आफूल प्रदेशवासी जनताको हित हुनेगरि काम गर्ने सुनाए ।
गण्डकी सरकारले अघि सारेका नीति तथा कार्यक्रम लागु गर्नु आफ्नो दायित्व रहेको पनि सुनाए । उनले दलित आन्दोलनको लागि आफूहरु सधैं समर्पित रहेको सुनाए । नेपाली रेडियो नेटवर्ककबाट प्रसारण भएको नेपाली बहसमा मन्त्री विकले उक्त धारणा उल्लेख गरेका थिए ।