तस्वीर ः विजय नेपाली

हिन्दु धर्मावलम्वीहरुको महान पर्व विजयादशमी तथा दसैं पर्व विन्धवासिनीमा मन्दिरमा फुलपातीसहित भित्र्याइएको छ । नेपाली सेना भगवती दल गणका गणपति सेनानी दिवाकर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सशस्त्र प्रहरीबलका डिएसपी सूर्य तिमिल्सिना लगायतले पुजा गर्दै फुलपाति भित्र्याएका हुन् ।

यस पर्वमा नेपालीहरुले घरघरमा शुभसाइतको रुपमा फूलपाती भित्र्याउँदै आएका छन । विन्ध्यवासिनी मन्दिर पूजाकोठामा मंगलबार बेलपत्र, दारिम, उखु, हलेदो, केराको बोट, धानको बाला, जयन्ती, अशोकको फूल लगायत राखिन्छ । विभिन्न ९ प्रकारका बालीहरु घरघरमा भित्र्याउने गरिन्छ ।