एड्भेन्चर भनेपछि हुरुक्कै हुने नायिका पूजा शर्मा साथीहरू सँगै बन्जी गर्न कुस्मा पुगेकी छन् । यस अगाडि ३ पटक बन्जी गरिसकेकी पूजाले विश्वकै दोस्रो अग्लो बन्जी द क्लिफमा पुगेर चौथो बन्जी गरेकी हुन् ।

पूजा सँगै यात्रामा रङ्ग पत्रकार उत्सव रसाइली पनि देखिएका छन् । बन्जी गर्नु अगाडि पूजा र उत्सवले पोखराको एक स्विमिङ पुलमा खिचाएको तस्बिर निकै भाइरल भएको थियो ।