वाग्मती प्रदेशले ​भदौ २० गतेबाट सवारी लाइसेन्स परीक्षाहरू सञ्चालन गर्ने भएको छ । वाग्तमती प्रदेशको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रको कोर्यालयले आइतबार एक सूचनामार्फत् भदौ २० सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

तर, प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनस् प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थी र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरूका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ ।