गण्डकी प्रदेशमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बीबीसीका अनुसार गण्डकीमा ३ मा २ जनामा संक्रमण पुष्टि भैरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यो देशभरमै उच्च हो ।

‘गण्डकीमा परीक्षण भएका ६२ प्रतिशतमा संक्रमण पुष्टि भैरहेको छ,’ उनले भने ।

यस्तो अवस्था चिन्ताजनक भन्दै अधिकारीहरुले स्वास्थ्य मापदण्डको पालनाको अवस्थामा कडाई नगरिए चाँडै अस्पतालहरु भ्रिने चेतावनी दिएका छन् ।