काठमाडौं । २ प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएका छन्।
गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रमुखहरूले राष्ट्पति समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।