प्रशासनले शुक्रबार एक सूचना निकालेर लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न व्यवासायीहरुलाई भनेको हो। प्रशासनको यस निर्णयसँगै अब देशका अन्य स्थानबाट लामो दुरीका यातायात काठमाडौं प्रवेश गर्न पाउनेछन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्को निर्णयानुसार लामो दुरीका यातायात खुलाउने निर्णय लिइएको बताए।