दमौलीः दुई युवा युवती पोखराबाट दमौली आउँदै थिए । सिधा बाटो र बढी गतिमा कुदिरहेको बाईक गुणादीमा दुर्घटनामा प¥यो ।

राजमार्ग छेउ यस्ता दुर्घटना त्यस क्षेत्रका लागि नौलो होइन । तर आज दिउँसोको त्यो घटनामा भने बाईकसहित दुई जना भीरबाट तल खसे ।

ग १२ प ५१४८ नम्बरको ड्युक मोटरसाईकलसहित दुई जना नै खसे पनि ठूलो क्षति भने भएन । तत्काल उद्धार भएकाले उनीहरुलाई उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइयो ।

दुर्घटनामा घाइते परिवारका सदस्य पोखरा ३० निवासी २२ वर्षको विनित सुवेदी र पछाडी २० वर्षिया बेञ्जिला सुवेदी दुवैको अवस्था सामान्य भएको प्रहरील्े जनाएको छ ।
तस्बिरः मोहनराज आले