नेपालको नयाँ नक्साबारे विवादास्पद अभिव्यक्ति दिएर सांसद पद गुमाएकी सरिता गिरीले मेयरको चुनाव लड्ने घोषणा गरेकी छन्।

सामाजिक सञ्जाल मार्फत उनले अब मेयरमा उठ्ने बताएकी हुन। गिरीले लहान नगरपालिकाको मेयर पदमा चुनाव लड्ने बताएकी छन्।

तत्कालीन समाजवादी पार्टीकी नेतृ गिरीले कालापानीसहितको नेपालको नक्शाको विरोध गरेपछि उनलाई पार्टीले सांसद पदबाट हटाएको थियो। उनी तत्कालि प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारमा श्रममन्त्री थिइन्।