नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भिसाका कारण ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता गुमाउने लगभाग पक्का भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने पक्का भएको जानकारी दिएका छन्।

यही बिहीवारदेखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो।

गएको असार २४ गते इङ्ल्यान्ड गएका सन्दीपले गएको सोमवार बेलायत सरकारबाट मान्यता प्राप्त होटलमा १० दिनको क्वरेन्टीन समय माग गरेका थिए।

आफूले इंगल्यान्ड क्रिकेट बोर्ड ईसीबीकै सल्लाहअनुसार टायर ५ भिषाको लागि निवेदन दिएको उनको भनाइ छ।

त्यसबेला भाइटालिटी ब्लास्ट र द हन्ड्रेड प्रतियोगिताको लागि यस भिषाले काम गर्ने बताइएको थियो।’

यतिबेला आफूलाई चाँडै बेलायत छाड्न निर्देशन आएको पनि उनले दुःखी बनेको बताएका छन्।