नेपाल कम्युनिष्ट पार्टी एमाले नेता भीम रावल प्रतिनिधि सभाकाे सांसद पदबाट राजिनामा दिन संसद भवन बानेश्वर पुग्नु भएकाे छ ।
आज बस्न लागेका प्रतिनिधि सभाकाे अधिवेशन अगाडि एमाले उपाध्यक्ष समेत रहनु भएका नेता रावलले सांसद पदबाट राजिनामा दिने घाेषणा गर्नु भएकाे हाे ।
उहाँले पार्टीभित्रकाे विवाद मिलाउन गठन भएकाे कार्यदलमा माधव नेपाल समूहबाट नेतृत्व गर्दै आउनु भएकाे थियाे ।
सर्वाेच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै आज बैठक बस्न लागेकाे छ ।
प्रधानमन्त्रीमा नियुुक्त हुनुुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक प्रावधानअनुुसार आजै विश्वासको मत लिन लाग्नुुभएको छ ।