पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।
पोखरा महानगरपालिका- १८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राती १ : ४० बजे भिरबाट खसेका थिए ।
करिब ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीले थापाका साथीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।