काठमाडौंको टोखामा रहेको एक सुन पसलमा ८० हजार नक्कली नोट दिएर २ युवती भागेका छन् । प्रहरीका अनुसार टोखा नगरपालिका ५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

यसै ठाउँस्थित अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाई बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका २ जना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरी पुग्दा ती महिलाहरुले ८० हजार नक्कली नोट पसलमा छोडी भागेपछि नक्कली नोट प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।
हाल फरार महिलाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।