काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणका अभियुक्त एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार विशेष अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
बुधबार विशेष अदाललते गच्छदारलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ।
लामो समयदेखि फरार रहेका गच्छदार बुधबार बिहान अदालतमा उपस्थित भएका थिए।
गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता गच्छदारको नामसमेत उल्लेख थियो।
गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।