काठमाडौं । नेकपा (एमाले)का महासविच ईश्वर पोखरेलले एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा सहमति हुननसक्दा स्थायी कमिटि बैठक पनि प्रभावित भएको बताएका छन्।
कार्यदलका सदस्यहरुले शनिबार साँझको बैठकपछि आइतबार (आज) बिहान ८ बजेसम्म पार्टी एकताको सहमतिबारे सुःखद खबर आउने बताएका थिए।
आज एमाले कार्यदलमा दिनभर छलफल चल्यो। तर, कुरा नमिल्दा दिउसो ४ बजेका लागि बोलाइएको एमाले स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।
बैठक स्थगित भएपछि एमाले महासचिव पोखरेलले यस्तो ट्विट गरेका छन्।
हिजो एमाले कार्यदलका साथीहरूले ‘सबै कुरा टुंगिसक्यो,आज विहान ८ बजे सहमती पत्रमा हस्ताक्षर हुन्छ’भन्दै सुखद सूचना सबैलाई सुनाउनु भएको थियो।तर आज उहाँहरू साँझसम्म पनि वार्ता कक्षबाट बाहिरै निस्कन सक्नुभएन,जसका कारण स्थायी कमिटीको बैठक समेत प्रभावित भयो।बैठक भोली ५ बजे बस्दैछ।
— Ishwar Pokhrel (@IshwarPokhrel) July 11, 2021