काठमाडौं । पछिल्ला दिन निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ७४ अंकको वृद्धि भएको छ।

अघिल्लो दिनभन्दा ७४.७१ अङ्क अर्थात् २.६४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८९९.८२ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९००.१७९२ र कममा २८४५.१४८१ पुगेको थियो।

आज ८२०४९ कारोबारमा ३१५८८८५० कित्ता सेयरको किनबेच भई ८०६१३८२४९६.३९ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२५ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन विकास बैंक र फाइनान्स क्षेत्रका लगानीकर्ताले धेरै कमाएका छन्।

आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन्।