पोखरा महानगरपालिका–१७ डेभिड फल्स परिसरमा लोप हुँदै गएको घुमाउरो घर । प्राचीन समयदेखि प्रयोगमा रहेको घुमाउरो घर अहिले लोपोन्मुख हुँदैं गएको छ ।
जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । ग्रामीण क्षेत्रमा यसको महत्व कम भए पनि शहरी क्षेत्रमा भने बढेको छ । होटल तथा रिसोर्टमा कुडुले घरका नमुना देख्न पाइन थालेको छ ।
पोखराको प्रसिद्ध पर्यटकीयस्थल डेभिट फल्स (पातले छाँगो) परिसरमा रहेको घुमाउरो घर हेर्दै विदेशी पर्यटक ।