काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।

काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ । भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । एसपी खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’

तस्विर स्रोत : अमित मचामसी