कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको कणर्ाली नदीमा रहेको सत्ती पुल ६ दिनपछि सुचारु भएको छ । नदी कटानका कारण अबरुद्ध भएको पुल ६ दिनपछि सुचारु भएपछि नागरिकलाई आवतजावतमा सहज भएको छ । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने कणर्ाली नदीको पुल भासिएर अवरुद्ध भएपछि नागरिकलाई डुंगाको सहायतामा यात्रा गर्नुपर्ने वाध्यता थियो । डुंगाको यात्रा गर्न ५ किलोमिटर टाढा रहेको दौलतपुर घाटमा १ देखि ३ घण्टासम्म पालो कुर्नुपर्ने वाध्यता यहाँका नागरिकलाई थियो ।
पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकोमा मर्मतपछि सुचारू भएको स्थानीइ भिम विकले जानकारी दिनुभयो । ‘‘कैलाली र बर्दिया जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय बर्दियाको सहयोगमा पुल सुचारु भयो’’, विकले भन्नुभयो, ‘‘पुलको भासिएको ठाउँमा ठूला ठूला ढुंगा हालेर पिलरमा अड्याइएको छ । तत्कालका लागि ठूला ढुंगाको सहायतामा पुलमाथि ग्राभेल गरी पुलबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।’’
टीकापुर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बिहीबार बेलुकाबाट सवारी साधन सञ्चालनमा आएका बताउनुभयो । ‘‘नदीले पूर्वतर्फको भाग काट्न थालेपछि पुल जोखिममा परेको हो । थप नदी कटान रोक्न प्रहरी खटेका थिए’’, वडाध्यक्ष ठकुल्लाले भन्नुभयो, ‘‘यो दीर्घकालिन समाधान होइन, तत्काल आवतजावत सुचारु गरिएको हो । दीर्घकालीन कणर्ाली नदीको कटानबारे कैलाली र बर्दियाका सरोकारवालाबीच छलफल भएको छ । अब विकल्प खोज्नुपर्छ ।’’