मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साँझ ५ बजेसम्म ३ लाख ६३ हजार ४९२ कित्ता शेयरका लागि ५ लाख ८९ हजार ८१२ जना आवेदकहरुबाट ७९ लाख ७२ हजार ८२० कित्ताका लागि आवेदन परेको हो ।

सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याएको हो ।