मौसम पूर्वानुमान महाशाखाले सोमबार रातीबाट गण्डकी प्रदेशसहित देशका केही भागमा भारी वर्षाको अनुमान गरेको छ ।

महाशाखाले निकालेको बुलेटिनमा सोमबार रातीबाट गण्डकी प्रदेशका केही स्थानमा भाुरी वर्षाको सम्भावना औंल्याइएको छ ।

यो क्रम मंगलबार दिउँसो पनि चल्ने महाशाखाले जनाएको छ । मंगलबार गण्डकीसहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा छ ।

बुधबार भने देशभर सामान्य देखि पूर्ण बदली रहने बुलेटिनमा छ । बुधबार गण्डकीसहित प्रदेश १, प्रदेश २ र बागमतीका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा छ ।

बुधबारबाट नै देशमा मनसुन थप सक्रिय हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।