जातीय विभेदका कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा भाडा नदिएको अभियोगमा प्रहरी हिरासतमा पुगेर सरकारी वकिल कार्यालयबाट छुटेकी सरस्वती प्रधानलाई न्याय दिलाउन हस्ताक्षर सुरु गरिएको छ ।

मंगलबजारस्थित महारानी पोखरी अगाडि स्थानीय नेवार समुदायले जातीय भेदभावमार्फत द्वन्द्व फैलाउने कार्य बन्द गर्न हस्ताक्षर अभियान गरेको बताइएको छ ।‘प्रधानलाई न्याय दिलाऊँ’ भन्दै सेतो कपडामा हस्ताक्षर सङ्कलन (अभियान) कार्यक्रम आज बिहान साढे ९ बजेबाट थालिएको हो ।
काठमाडौँको बबरमहलस्थित प्रधानले सुनारलाई जातीय आधारमा कोठा नदिएको उजुरीको आधारमा प्रहरीले घरबेटीविरुद्ध गत शुक्रवार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटीविरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेपछि अन्त्यमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी परिसरमा पुगेर उनलाई आफ्नो गाडीमा लिएर फर्किएका थिए ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी कार्यालयमै पुगेकोमा आलोचना भइरहेको छ ।

रुपा सुनार प्रकरणले अहिले मानिसहरूलाई २ भागमा विभाजित गरेको छ । यो समाधान नहुने हो भने यसले जातीय द्वन्द्व निम्त्याउनेतर्फ सचेत हुनुपर्ने देखिएको छ ।

तस्बिर : जनआस्था अनलाइनबाट साभार गरिएको ।

कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा