असार १ गते आएको बाढीले क्षत विक्षत भएको मेलम्ची बासिका लागि अर्को आपत आइलागेको छ । मेलम्चीको मुहान भ्रोमथाङ क्षेत्रमा खसेको पहिरोका कारण अहिले पनि लेदो माटो बगेर आइरहेको छ ।

त्यही लेदोका कारण आज मेलम्ची नगरपालिका वडा नं. ११ मा रहेको गोपाल दुलालको तीनतले घर बगाएको छ ।

शनिबार बिहानैदेखि नदीको बहाव बढेको र घर बगाएको स्थानीयको भनाइ छ । तस्विरमा : राताे घेरामा लडेकाे घर र पहेँलाेमा बाढीमा परेकाे घरखेत
तस्विरमा : राताे घेरामा लडेकाे घर र पहेँलाेमा बाढीमा परेकाे घरखेत

अहिले मेलम्ची, इन्द्रावती नदीको दुवैतर्फ तटबन्द बनाउन त सुरु गरिएको छ । तर, अविरल वर्षात्का कारण कटानमा कमी नआएको स्थानीयले बताएका छन् ।

मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहने लाई सुरक्षित रहन अनुरोध गरिएको छ ।