काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पछिल्लो समय गृह जिल्ला कपिलवस्तुमा व्यस्त छन्।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि विप्लव केही दिन मात्र काठमाडौँमा बसे। हाल उनी गाउँमै सामान्य दिनचर्या बिताईरहेका छन्।

पार्टीका सबै तहका नेता कार्यकर्ताहरू एकल, सामूहिक वा संस्थागत ढङ्गले अनिवार्य उत्पादनमा जोडिने नीति अन्तर्गत महासचिव विप्लव पनि खेतिपातिमा सहभागी भएको एक नेताले बताए।

विप्लव नेकपाको केन्द्रीय कार्यालयले कपिलवस्तुको, शिवराज नगरपालिका ९ शिवगढीमा करिब दुई बिघा क्षेत्रफल जग्गामा विप्लव सहित सो पार्टीका कार्यकर्ताको सहभागितामा धान रोपाई सुरु भएको हो।